विद्यालयको पृष्ठभुमि
सर्वसाधारण, गरिब, दलित तथा पिछडिएका समुदायका छोराछोरीलाई विद्यालयमा पहुँच होस् उद्देश्यले वि.सं. २०१२ सालमा रायपुर गा.वि.स. हाल रुपनी गाउँपालिका वडा नं. –१ का समाजसेवी स्व. कन्छु यादवको नेतृत्वमा यस विद्यालयको स्थापना भएको हो । स्व. कन्छु यादवले २०१२ सालमा ०–१६–१३ जग्गा दान दिई विद्यालयको नमांकरण श्री कन्छु प्राथमिक विद्यालय नकटी रायपुर हुन गयो । केही समय पछि काठमाण्डौ निवासी स्व. नर प्रताप शमशेरले पनि १–१८–० जग्गा उक्त विद्यालयलाई दान दिई विद्यालयको नामांकरण श्री कन्छु नर प्रताप निम्न माध्यमिक विद्यालय नकटी रायपुर भयो । २०२० साल ८ महिना २६ गते प्राथमिक विद्यालयको अनुमति लिई २०३० असार २१ गतेमा स्वीकृत पाइयो । २०३० असोज ८ गते नि.मा.तहको स्वीकृत प्राप्त गरी उक्त विद्यालय नि.मा.बाट २०४७ सालमा माध्यमिक विद्यालयमा परिणत भयो । माध्यमिक विद्यालय संचालन एवम् व्यवस्थापनमा रायपुर गा.वि.स. का कर्मचारीहरुको आर्थिक सहयोगमा ठूलो योगदान रहेको छ । वि.स. २०५२ साल पौष २७ गते माध्यमिक विद्यालय को स्वीकृत प्राप्त भयो । गा.वि.स. रायपुर तथा स्थानीय समाजसेवी र राजनैतिक दलहरुको सक्रियता २०६६ सालमा उच्च माध्यमिक शिक्षा परिषद सानोठिमी बाट उच्च मा.वि. संचालनका लागि अस्थायी सम्बन्धन प्राप्त भयो ।
विद्यालय सेवा क्षेत्र पहिचान
विद्यालयको सेवा क्षेत्र भित्र हाल रुपनी गाउँपालिकामा रायपुर, नकटी, तेरहौता, कटैया, बिसबिट्टी, खोक्सर प्रवाहा गा.वि.स. (हाल शम्भुनाथ नगरपालिका वडा नं. १ र २) पर्दछन् । रुपनी गाउँपालिका भित्र रुपनी, बगहाखाल, हरिरावा, पौवा, पिपराही, लौवापार, नकटी कटैया, हार्दिया, बिसबिट्टी, तेरहौता, जगमोहन, छपकी, रुपनी तथा रायपुर पर्दछन् । विद्यालयमा अधिकतम अध्ययन गर्ने आउने विद्यालयहरु रायपुर गा.वि.स का नकटी, कटैया, रायपुर, बाघाखाल, पिपराही, रुपनी, लौवापार, हरिरावा गाउँका छन् । यस विद्यालयका ६ वटा फीडर विद्यालयहरु क्रमशः मा.वि. हर्दिया कटया, मा.वि. बिसबिट्टी, आधारभुत हरिरावा, आधारभुत वि. पौवा, आधारभुत वि. खोक्सर प्रवाहा तथा प्रा.वि. लौवापार छन् ।
विद्यालय र समुदायविचको सम्बन्ध
समुदायको सहयोग र भूमिका विना विद्यालयको कुनै अस्तित्व हुँदैन । त्यसैले विद्यालय र समुदायको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । विद्यालयको मूल उदेश्य समुदायलाई शैक्षिक चेतना प्रदान गर्नु हो भने समुदाय विद्यालयको आशारशीला हो । यस विद्यालय र यहाँको समुदायबीच पनि घनिष्ट सम्बन्ध रहेको पाइयो । यहाँको समुदाय भोतिक विकास र विस्तार,शैक्षिक विकास र गुणस्तर तथा अनुशासन कायम गर्न आपसी समझदारी र सहयोग जुटेको देखिन्छ । यस समुदायले शिक्षक/अभिभावक भेटघाट कार्यक्रम सँचालन गरी शिक्षक विद्यार्थी एवँ समुदाय बीच प्रगाढ सम्बन्ध स्थापित गर्ने गरेको पाईयो । यसरी विद्यालय र समुदाय बीच सम्बन्ध बढ्दै गएको खण्डमा विद्यालयको भविष्य अझ उज्जवल हुनेछ । भन्ने आशा गर्न सकिन्छ ।
समाजको विद्यालय प्रतिवेदनको धारणा
कुनै पनि विद्यालयको शैक्षिक विकास लगायत अन्य विकासको आधारशिला समाज हो समाज विना विद्यालयको परिकल्पना गर्न सकिदेन तथा विद्यालय विना समाजको कल्पना गर्न सकिदैन । तसर्थ समाज र विद्यालय एक अर्काको परिपुरक हुन् । यो विधालयको सेवा क्षेत्र रुपनी गा.पा.को वार्ड नः १ र २ पर्दछन् । बहुसँख्यक जनताका समाजिक स्तर समान्य छन् । यस विद्यालयमा मध्यम,दलित,लक्षित समूह तथा गरिब परिवारका छोरा छोरी अध्ययन गर्दछन् । अधिकांस अभिभावकहरु दैनिक मजदुरी गरेर आफ्नो जिविका पार्जन गरिरहेका छन् । आफ्ना छोरा छोरी दैनिक रुपमा विद्यालय गई रहेको छ वा छैन चासो राख्दैन । प्रत्येक परीक्षाको परीक्षा नतीजा प्रकाशन गर्दा विद्यार्थीको प्रगती विवरण अभिभावक भेलामा वितरण गर्दा पनि ७५%अभिभावक आउँदैन तसर्थ समाजिक तथा सामुदायिक परिचालन यस्तो आधार हो । जसले सरोकारवालाहरुलाई आफ्ना बालबालिकाहरुलाई शैक्षिक भविष्य सुनश्चित गराउन सक्षम बनाउँछ । अहिले सम्म यस विद्लाय प्रति समाजको धारण साकारात्मक ने देखिएको छ । विद्यालयको समग्र उन्नति प्रगतिमा समाजको सोच सधैं सकारात्मक हुन्छ ।
विद्यालय समुदाय पृष्ठभूमि
विद्यालय स्थापना काल देखि समुदाय र विद्यालय बीच सुमधुर सम्बन्ध रहँदै आएको विद्यालयलाई आवश्यक पर्ने सल्लाह सुझाव तथा पारस्परिक सहयोग समुदायबाट प्राप्त गर्दे आईरहेको छ । यस रुपनी गा.पा. को जनसंख्या २०६८ को जनगणानुसार जम्मा जनसंख्या २६,३८७ छन् । जस मध्ये रुपनी गा.पा. वार्ड नं. १मा ५२५१ तथा वार्ड नं. २ मा ४९६३ गरी जम्मा १०,२१४ जनसंख्या छन् । यस समुदायमा विभिन्न जातजातिका बसोबास छन् । जस मध्ये प्रमुख जातजाति यादव, थारु, चमार, मुसहर, दुस्साद, मुसलमान, खत्वे(मण्डल), तेली, कुशवाहा, कोईरी, बाहुन, क्षेत्री, मगर, तमाङ्ग, हजाम (ठाकुर), राजधोव पर्दछन् । यहाँ बसोबास गर्ने जातजातिहरु हिन्दु, मुस्लिम र बौद्ध धर्माम्बलम्बी परम्पराका छन् । यस समुदायका मानिसहरुको जिवन स्तर एवम् सामाजिक स्तर सामान्य किसिमका छन् । तर समुदायमा दलित र जनजाति बढी भएकोले यिनीहरु विपन्न वर्गमा पर्दछन् । यस क्षेत्रका अधिकांश मानिसहरु मैथिली भाषाभाषीका छन् ।
सेवाक्षेत्रको परिभाषा
विद्यालयको सेवा क्षेत्र भित्र हाल रुपनी गाउँपालिकामा रायपुर, नकटी, तेरहौता, कटैया, बिसबिट्टी, खोक्सर प्रवाहा गा.वि.स. (हाल शम्भुनाथ नगरपालिका वडा नं. १ र २) पर्दछन् । रुपनी गाउँपालिका भित्र रुपनी, बगहाखाल, हरिरावा, पौवा, पिपराही, लौवापार, नकटी कटैया, हार्दिया, बिसबिट्टी, तेरहौता, जगमोहन, छपकी, रुपनी तथा रायपुर पर्दछन् । विद्यालयमा अधिकतम अध्ययन गर्ने आउने विद्यालयहरु रायपुर गा.वि.स का नकटी, कटैया, रायपुर, बाघाखाल, पिपराही, रुपनी, लौवापार, हरिरावा गाउँका छन् । यस विद्यालयका ६ वटा फीडर विद्यालयहरु क्रमशः मा.वि. हर्दिया कटया, मा.वि. बिसबिट्टी, आधारभुत हरिरावा, आधारभुत वि. पौवा, आधारभुत वि. खोक्सर प्रवाहा तथा प्रा.वि. लौवापार छन् ।
विद्यालयको भौतिक अवस्था
यस विद्यालयमा संचालित कक्षाको आधारमा भौतिक सुविधाहरु साह्रै न्युन रहेको छ । कक्षा कोठाको अभावमा एउटै कोठालाई पार्टेशन गरी पठनपाठन गराउनु पर्ने अवस्था छ । विद्यालयको भौतिक अवस्थाका पुर्ण जानकारी तलको चार्टमा प्रस्तुत गरिएको छ :
अचल सम्पत्तिको विवरण
क्त.स | जग्गा दाताको नाम | ठेगाना | कित्ता नं. | जग्गा क्षेत्रफल | कैफियत |
१ | स्व.कन्छु यादब | रायपुर –६ | ८ ग ९१ | ०–१७–१३ | |
२ | स्व. नरप्रताप शमशेर थापा | काठमाण्डू | ८ङ ६२ | १–२–६ | |
३ | स्व. झबु यादब | रायपुर –६ | ८ ग १७६ | ०–४–१३.५० | |
४ | श्री प्रयाग लाल यादब (ओभरसियर) | रायपुर –६ | ८ ख १७४ | ०–६–६ | |
५ | श्री मुसहरु यादब | रायपुर –६ | ८ ग ११८ | ०–३–१३ | |
६ | श्री मोतिलाल यादब | रायपुर –८ | ८ ख १८४ | ०–४–११ | दर्ता हुन बाँकी |
७ | श्री कुशेश्वर यादब | रायपुर –८ | ८ ख ८७ | ०–१–१४ | दर्ता हुन बाँकी |
८ | विताई यादब | रायपुर –९ | ०–१–१० | रजिष्ट्री बाँकी | |
९ | विद्यालय कम्पाउण्ड | रायपुर –९ | ९ ख ६८ | ०–११–१० | |
१० | विद्यालयको भवन | रायपुर –९ | ९ ख ६७ | ०–३–३ | पोखरीको डील |
११ | विद्यालयको नाममा रहेको | रायपुर –९ | ८ क २८० | ४–०–० | खारो नदिमा बगेको |
१२ | विद्यालयको नाममा रहेको | रायपुर –९ | ८ ज ५६ | ५–०–० | बगैचा नरसरी |
१३ | अवधि ठाकुर | रायपुर –९ | ०–०–११ | ||
१५ | नरप्रताप शमशेर | काठमाण्डू | ८ ङ ५६ | ०–१५–१४ | द्यर्ता हुन बाकी |
अचल वा चल सम्पत्तिको विवरण
क्त.स | विवरण | परिणाम |
१ | भवन कोठा (क) कोठा पक्की –५ (R.C.C) (ख) कोठा पक्की –११ (टिनको छाना) | २० |
२ | शौचालय (क) स्टाफ (केठा–२) (ख) छात्र (कोठा –६) (ग) छात्रा (कोठा –२) | १० |
३ | फर्निचर (क) वेंच –१४३ (ख)डेस्क –१३६ (ग) दराज काठ –११ (घ) दराज स्टील –२ (ङ) कुर्सि काठ –९ (च) कुर्सी प्लाष्टिक –९ (छ) कुर्सी स्टील –१ (ज) टेबुल स्टील –१ (झ) टेबुल काठ –१३ (ञ) र्यक –५ (ट) बेंच कुर्सी –१ (ठ) चौकी–३ (ड) टूल –६ (ढ) ट्रंक –१ (ण) नक्सा स्टेण –२ | ३४२ थान |
४ | ओच्छाउने ओढ्ने (क) सतरंगी ठूलो –२ (ख) तोसक –३ (ग) सिरक –२ (घ) तकिया –२ (ङ) तन्ना –२ (च) मछरजाली –१ | १२ थान |
५ | भाडा वर्तन (क) हंडी –२ (ख) कठौत –३ (ग) करछुल –१ (घ) लोहिया –१ (ङ) थाल – ३ (च) जग –ँ१ (छ) प्लेट –१९ (ज) चम्मच –२० (झ) स्टोफ –१ (ञ) वाल्टीन –४ | ५३ थान |
६ | इलेक्ट्रोनिक (क) टि.भि.–१ (ख) रेडियो –१ (पुरानो) (ग) साउण्ड वाक्स –२ (घ) माइक –१ (ङ) डेक –१ (च) एम्पलीफायर –१ (छ) होरन –१ | ८ थान |
७ | फलामे समान (क) कोदालो –१ (ख) बन्चरो –१ (ग) गल –१ (घ) कत्ता –१ (ङ) खुर्पी –२ (च) हँसिया –१ (छ) फाँसुल –१ (ज) पिलास –१ (झ) हथौडी –१ (ञ) छेनी –१ | ११ |
८ | खेलकुद सामग्री (क) सोर्ट फूल गोला –२ (ख) वडी विल्डर –१ (ग)भलीवल –१ (घ)रिंग बौल –१ (ङ) व्याडमिन्टन रैकेट –४ | ११ थान |
९ | विद्युत समान (क) मिटर + वक्स –१ (ख) पंखा –४ (ग) मिटर तार –३५ मी. (घ) विद्युत तार –५० मी. (ङ) मेन स्वीचर र स्वीचहरु –३ | १० |
१० | सरस्वती मंदिर | १ |
११ | इनार | १ |
१२ | ट्ववेयल | २ |
१३ | दिवाल घडी | २ |
१४ | ऐना ठूलो | १ |
१५ | तोलीया ठूलो | १ |
१६ | टेबुल क्लोथ | ७ |
१७ | मदल | १ |
१८ | गुन्द्री | ६ |
१९ | लिसनिंग क्यासेट | २ |
२० | क्यालकुलेटर | २ |
२१ | पंचिगं मेशिन सानो | ३ |
२२ | पंचिगं मेशिन ठूलो | १ |
२३ | स्टेपलर ठूलो | १ |
२४ | मोटर | २ |
२५ | रब्बर पाइप | १५ मी. |
२६ | हवा दिने पम्प | १ |
२७ | साइकल | १ |
२८ | ताल्चा | ३५ |
२९ | काठको ब्लैकबोर्ड | ३ |
३० | टर्च एभरेटडी | १ |
३१ | रुख विरुवाहरु (क) आँपको रख –२ (ख) अमलाको रुख –२ (ग) कदमको रुख – ३ (घ) जमको रुख –२ (ङ) पीपलको रुख –१ (च) डूमैरको रुख –१ (छ) तेतैरको रुख – २ (ज) वडहडको रुख –१ (झ) आसोको बोट –१९ (ञ) सुपाडीको बोट –५५ (ट) नरिवलको बोट –६ (ठ) वयरको रुख –१ (ड) रवर प्लान्ट –१ (ढ) सफेदीको रुख –६ (ण) सिसमको रुख –१ | ४३ |
३२ | पोखरी | २ |
३३ | पुस्तकालय पुस्तक संख्या | ४०० |
३४ | विज्ञान सामग्रीहरु | समान्य |
३५ | शैक्षिक सामग्रीहरु | समान्य |
३६ | घेरावेरा | आधा |
३७ | अनारको बोट | १ |
३८ | फूलवारीको बगैँचामा फूलहरुको बोट | ५५ किसिमको |
प्रशासन सदस्यहरू
हाम्रा उत्कृष्ट शिक्षकहरू
हाम्रो प्रतिभाशाली विद्यार्थीहरू